कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं

पाेखरा | मंसिर ९, २०७९

कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं

पोखराः   कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् । 


कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् । 


भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् । 


कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे । 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्